Skip to content

उद्योग समितिमा समितिको आमन्त्रित सदस्यमा चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चयन !

  • सिए सरोकार सम्बाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य भरतराज आचार्यको सभापतित्वमा गठन भएको उद्योग समिति विस्तार भएको छ । जसमा चार्टड एकाउन्टेन्टको समेत प्रतिनिधित्व भएको छ । समितिको आमन्त्रित सदस्यमा सिए विशेषविभु आचार्य चयन भएका हुन् । 
सिए आचार्यसहित समितिको आमन्त्रित सदस्यहरुमा महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एशोसिएटका अंजन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतिक श्रीवास्तव, एसआर स्टीलका सुरज उप्रेती, नेपाल पश्मिना उद्योग संघका धन प्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रा.लि.का अमुल श्रेष्ठ, यति डिष्टिलरीका अभिशेक श्रेष्ठ, एच.डि. इण्डष्ट्रिजका ईश्वर जी.सी,. मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट शम्शेर ज.व.राणा, फुटवेयर इण्डष्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल चयन भएका छन् ।

यता समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशिल थापा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।