Skip to content

आइक्यानको ‘एक्जाम सेन्टर’ गोल्डन गेट कलेज परिसरमा परिक्षा अगाडी जे देखियो… (फोटो-फिचर)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा डिसेम्बर ८ देखि  संचालनमा छ । कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो । काठमाडौँस्थित गोल्डन गेट कलेजमा परिक्षा संचालन भइरहेको छ । परीक्षाका लागि आइक्यानले कोभिड मापदण्डसमेत बनाएको छ । 
आखिर कोभिडको डरका बीच संचालन भइरहेको परीक्षाको माहोल कस्तो छ त ? बुधबार विहान सिए सरोकारकर्मी गोल्डन गेट कलेज परिसर पुग्दा आइक्यानका परीक्षार्थीहरु कोभिडको डरकाबीच परिक्षा सेन्टरमा प्रवेश गर्दै गरेका देखिन्थे । गेटमा थर्मल गनका माध्यमबाट तापक्रम परिक्षण भइरहेको छ भने विद्यार्थीहरु अनिवार्य मास्क लगाएर परिक्षा सेन्टरभित्र पुगेका छन् । अध्यपी भौतिक दुरी भने कायम गरिएको छैन । विद्यार्थीहरु हुल-हुल बनाएरसमेत बसेको देखिन्छ भने त्यसरी बस्दा कसैले केहि भनेको अवस्था थिएन । यसो त परिक्षाअगाडी छलफल गर्दा भौतिक दुरी त्यति धेरै सम्भव चीज पनि होइन ।  

यता आइक्यानले पनि परिक्षा निकै शान्तिपूर्ण तरिकाले संचालन भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।