Skip to content

आइक्यानलाई के आइपर्यो त्यस्तो ? शनिबारको ग्याप पनि हटाइयो, हतार-हतारमा तालिका परिवर्तन किन गरियो ?

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर ८ देखि हुने भएको छ । यसअघि आइक्यानका उपाध्यक्षले डिसेम्बर १३ बाट परिक्षा गर्ने जानकारी गराएको भएपनि सकेसम्म छिटो परिक्षा सक्नुपर्ने प्रस्ताव शिक्षा समितिमा आएपछि मितिलाई थोरै परिमार्जन गरी परिक्षा तालिका सार्वजनिक भएको हो । यसपालीको परिक्षा पनि बिबिएसको परिक्षासँग जुधेको छ भने शनिबार पनि ग्याप नराखी रुटिन सार्वजनिक गरिएको छ ।
आखिर के आइपर्यो त्यस्तो विद्यार्थीले पाउने एक दिनको ग्याप पनि हटाउनुपर्यो त ? शिक्षा समितिका एक अधिकारी भन्छन्- ‘लकडाउनको हल्ला पनि छ, त्यसमाथि विभिन्न परिक्षा परेकाले सेन्टरहरु पनि ‘टाइट’ छन्, सकेसम्म छिटो परिक्षा सक्न पाए हुन्थ्यो भन्ने पनि छ । त्यसैले ग्यापतिर नलागौं भन्ने कुरा आयो ।’ उनका अनुसार विद्यार्थीले लामो समय तयारी गर्ने समय यसअघि पाईसकेकाले पनि ग्याप नराखौं भन्ने निर्णय गरिएको हो ।
अनि डिसेम्बर १३ मा भनेर आइक्यानका अध्यक्ष र उपाध्यक्षलाई समेत जानकारी दिइएको मिति किन सारियो त ?’ हाम्रो प्रश्नमा ती अधिकारीले भने, ‘यसका दुई कारण छन् । एक परिक्षा सकेसम्म छिटो सक्नुपर्ने छ । त्यसमाथि सेन्टरहरुमा पनि त्यहि मिति ठिक छ भन्ने कुरा आयो र अर्को मुख्य कारण भनेको आइतबारबाट आइक्यानमा आन्दोलन छ, त्यसमा ‘एटलिष्ट’ विद्यार्थीहरु सहभागी नहुन् भनेर परिक्षा ८ देखि नै सुरु गर्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुग्यौं ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।