Skip to content

आइक्यानको परिक्षा डिसेम्बर ८ देखि सञ्चालन हुँदै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर ८ देखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो । परिक्षा मितिभन्दा १५ दिन अगाडी रुटिन सार्वजनिक गर्नुपर्ने भएकाले यसपाली डिसेम्बर १ मा भने परिक्षा नहुने भएको हो । हरेक बर्ष डिसेम्बर र जुन १ तारिखदेखि सिएको परिक्षा सुरु हुने गर्थ्यो ।
‘स्थिति सहज भएपनि परिक्षा सेन्टर पाइएन । यहि बेला ११ र १२ को परिक्षा पनि जुधेकाले सेन्टर पाउन गाह्रो भएको थियो । त्यसैले परिक्षा केहि ढिलो हुने भएको हो । १५ दिन अगावै नोटिस दिएर परिक्षा डिसेम्बर ८ देखि सञ्चालन हुनेछ ।’ आइक्यानका उपाध्यक्ष युद्ध राज ओलीले सिए सरोकारसँग भने ।
कोभिडका कारण यसपटकको परिक्षा भौतिक दुरीसहितको हुनुपर्ने भएकाले पहिलाका परिक्षाहरु भन्दा धेरै परिक्षा सेन्टर चाहिने भएकाले पनि व्यवस्थापनमा केहि ढिलाई भएको आइक्यानको भनाइ छ । यस विषयमा औपचारिक घोषणा गर्न शनिबार आइक्यानको शिक्षा समितिको बैठक बस्दैछ । बैठकको निर्णय पछी आइतबार रुटिन सार्वजनिक हुनेछ भने डिसेम्बर ८ बाट क्याप वान, क्याप टु, र क्याप थ्रीको परिक्षा हुनेछ । सिए सदस्यताको परिक्षा भने सम्पन्न भइसकेको छ ।           
-यसअघि आइक्यानका उपाध्यक्षको भनाइ अनुसार उल्लेख भएको डिसेम्बर १३ मा कन्फ्युज नहुन अनुरोध गर्दछौं ! शिक्षा समितिको छलफल पछी परिक्षा मिति परिमार्जन भएको हो 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।