Skip to content

अब छापिने नोटमा हुनेछ यस्तो हस्ताक्षर, नयाँ गभर्नर भन्छन्, ‘सिए पढ्ने सही निर्णयले यहाँसम्म ल्याईपुर्यायो’

  • श्रीजना प्याकुरेल 
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले महा प्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।
‘सफलताको कारण सिएको पढाइ’
५ वर्ष अगाडि गभर्नर पदको लागि नाम सिफारिस भएपनि महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाएनन् । नोटमा हस्ताक्षर गर्ने अधिकारीको इच्छा अधुरो नै रह्यो । अब भने उनको त्यो इक्षा पूरा हुने भएको छ । ५ वर्षे कार्यकालको लागि उनी नेपाल राष्ट्र बैंकको गभर्नर बनेका छन् । अधिकारीले राष्ट्र बैंकमा २६ वर्ष काम गरेका छन् । ५ वर्ष डेपुटी गभर्नर भएरै काम गरेका अधिकारी अर्थमन्त्रीका निकै प्रिय पात्र मानिन्छन् । खोटाङमा जन्मेका अधिकारी राष्ट्र बैंककै तर्फबाट सिए पढ्न भारत गएका थिए । सिए सकेर उनी पुन: काममा फर्किए । केहि समय अगाडी भएको सिए कन्फेरेन्समा उनले भनेका थिए, ‘म जे भएँ, आज जे छु, सबै सिएको पढाइले सिकाएका चीजहरुका कारणले छु ।’

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।