Skip to content

गभर्नर बन्ने दौडमा दुई चार्टड एकाउन्टेन्ट, महाप्रसाद अधिकारी र सुबोध कर्णमध्ये कसले मार्ला बाजी ?

काठमाडौं । आउँदो चैतबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिनै लाग्दा अवको गभर्नर को बन्छ ? भन्ने चर्चा चल्न थालेको छ । यसैबीच गभर्नर पदका लागि पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका महाप्रसाद अधिकारीलाई प्रमुख दावेदारका रुपमा छन् । उनी सिए क्षेत्रमा समेत निकै प्रखर, इमान्दार र भलादमी सिएका रुपमा चिनिन्छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुचाएका व्यक्ति हुन् ।
गभर्नरको दौडमा रहेका अर्का व्यक्ति हुन् चार्टड एकाउन्टेन्ट सुबोध कुमार कर्ण । हाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका कर्ण नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पुर्व अध्यक्ष समेत हुन् । उनी साफाकासमेत पूर्व अध्यक्ष हुन् । नेपाल राष्ट्र बैंकमा पुगेपछि चार्टड एकाउन्टेन्टहरुको मुद्धामा खरो उत्रिएका उनी गभर्नरकासमेत प्रखर दावेदार हुन् । राजनीतिक रुपमा पनि उनी ओली निकट व्यक्ति हुन् । राष्ट्र बैंकको संचालक भएदेखि नै उनलाई अवको भावी गभर्नरका रुपमा समेत धेरैले चर्चा गरेका थिए । 
यसो त नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पनि गभर्नर बन्ने लाइनमै छन् । तत्कालीन एमाले कोटाबाट डेपुटी गभर्नर बनेका उनलाई अवको गभर्नरका रुपमा हेर्न थाल्नेहरु पनि छन् भने उनले पनि यसका लागि तयारी सुरु गरिसकेका छन् । चर्चामा अरु थुप्रै पात्रहरु आए पनि खासमा गभर्नर बन्ने चाहिं माथिका मध्ये एक पात्र नै रहेको अधिकांसको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।