Skip to content

चार्टड एकाउन्टेन्ट राजन सिंह भण्डारी बने सिटिजन्स् बैंकका अध्यक्ष, दोश्रोपटक सीए वाणिज्य बैंकको अध्यक्ष पदमा !

काठमाडौं । लामो बैंकिङ अनुभव भएका बैंकर चार्टड एकाउन्टेन्ट राजनसिंह भण्डारी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले भण्डारीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले भण्डारीलाई शुक्रबार नै अध्यक्ष निर्वाचित गरेको छ । 
बैंकका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले पूर्वसीइओ राजनसिंह भण्डारी, व्यवसायी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो । सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष सभाले २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
भण्डारी लामो समयदेखि नेपाली बैंकिङमा कार्यरत छन् । नेपाल राष्ट्र बैंकको जागिर छोडेर सिटिजन्स बैंकको सीइओ भएका उनी सीइओ पद छोडेर केहि समयपछि सोहि बैंकमा अध्यक्ष भएका हुन् । कुनै बेला आइक्यान, र एक्यानको ‘राजनीति’मा समेत सक्रिय भएका उनी नेपाली सिए क्षेत्रमा ‘खरो’ व्यक्तिका रुपमा परिचित छन् ।

उनी वाणिज्य बैंकको अध्यक्ष भएसंगै नेपाली सिए क्षेत्रमा अर्को इतिहास रचिएको छ । दोश्रोपटक कोहि चार्टड एकाउन्टेन्ट वाणिज्य बैंकको अध्यक्ष पदमा निर्वाचित भएको इतिहास दर्ज भएको छ ।  पहिलोपटक पृथ्वी बहादुर पांडे बैंकको अध्यक्ष भएका थिए ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।