Skip to content

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) – चितवन च्याप्टरको कार्यालय उद्घाटन !

चितवन । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) चितवन च्याप्टरले आफ्नो कार्यलय उद्घाटन गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए कृष्ण प्रसाद आचार्य र एक्यान अध्यक्ष आनन्द शर्मा वाग्लेले संयुक्त रुपमा असोज ४ गते शनिबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । 
एक्यान चितवन च्याप्टरले सोहि दिन सामाजिक सुरक्षा कोष सम्बन्धि तालिमको समेत आयोजना गरेको थियो । तालिमपछि उक्त उद्घाटन सम्पन्न भएको हो । हाल एक्यान चितवन च्याप्टरमा ४० जना हाराहारीमा सिएहरु छन् भने तीमध्ये १५ बढी सिएहरु ‘प्राक्टिस’मा छन् ।
उद्घाटनपछि आइक्यान अध्यक्ष आचार्यले चितवनमा रहेका सिएहरुको अग्रसरताले आफुहरुलाई खुसी बनाएको प्रतिक्रिया दिएका छन् । आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर एक्यानको भवन निर्माणमा समेत पहल गर्न सकिने उनको भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।