Skip to content

२० तस्विरमा हेर्नुहोस् एक्यान-चितवन च्याप्टरले गरेको भव्य कार्यक्रमको रौनक ! (फोटो फिचर)

चितवन । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) चितवन च्याप्टरले भरतपुरमा आयोजना गरेको सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ । असोज ४ गते भएको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरुले सहभागीता जनाएका थिए भने उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषसम्बन्धि निकै महत्वपूर्ण बहस भएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अथिति भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालले राष्ट्र निर्माणमा सिएहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै सम्पूर्ण नगरपालिका चार्टड एकाउन्टेन्टहरुको सहयोग लिएर सहकार्य गरी अगाडि बढ्न तयार भएको बताएकी छिन् ।  सामाजिक सुरक्षा कोषलाई लिएर चितवनमा तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिंदै उनले समग्र व्यवसाय वा सिए क्षेत्रमा आफुले गर्नुपर्ने योगदानमा कुनै पनि कमी नहुने दावीसमेत गरेकि छिन् । 
उक्त कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्रमा अग्रजहरु, एक्यानका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति थियो । भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरुको सहभागिता थियो । साथै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)-चितवन च्याप्टरले सोहि दिन आफ्नो कार्यलयसमेत उद्घाटन गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।