Skip to content

क्याप थ्रीको ‘कर्पोरेट ल’ विषयको कक्षा असोज २७ गतेदेखि सञ्चालन हुँदै !

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको तेश्रो तह ‘क्याप थ्री’को ‘कर्पोरेट ल’ विषयको परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको लागि खुसीको खबर छ । चार्टड एकाउन्टेन्ट प्रमोद भुर्जीले क्याप थ्री अध्ययन गरिरहेका विद्यार्थीहरुको समस्यालाई मध्येनजर गरी ‘कर्पोरेट ल’ विषयको परिक्षा तयारी कक्षा संचालन गर्ने भएका छन् । 
चार्टड एकाउन्टेन्ट भुर्जीका अनुसार उक्त कक्षा पुतलीसडकस्थित कान्तिपुर सिटि कलेजमा संचालन हुनेछ । यहि असोज २७ गतेदेखि दिनको ३ घण्टा सञ्चालक हुने उक्त कक्षा विहान ६:३० बजेदेखि ९:३० बजेसम्म संचालन हुने उनको भनाइ छ । उक्त कक्षाका लागि प्रति विद्यार्थी ४००० शुल्क तोकिएको छ । कक्षामा सिट सिमित भएकाले भर्नाका लागि ९८५१००२०९७ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ । 
चार्टड एकाउन्टेन्ट प्रमोद भुर्जी बिगत ६ बर्षदेखि अध्यापन कार्यमा क्रियाशिल छन् । उनले क्याप थ्रीको कर्पोरेट ल विषयको पुस्तक पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।