Skip to content

राष्ट्र बैंकको कर्मचारी विनियमावली परिवर्तन, अव सिएलाइ अधिकृत हुन ‘ब्याचलर’ नचाहिने !

काठमाडौँ । चार्टड एकाउन्टेन्सी क्वालिफिकेसनलाई थप बढावा हुने गरी नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावली परिवर्तन भएको छ । चार्टड एकाउन्टेन्सी क्वालिफिकेसन मागिएको खण्डमा थप एकेडेमिक क्वालिफिकेसन नचाहिने गरी राष्ट्र बैंकको कर्मचारी विनियमावली परिमार्जित गरी पास गरिएको हो । यस अघि अधिकृत हुनका लागि सिए सँगै व्यवस्थापन शिक्षामा स्नातक गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिएको हुनुपर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकका सञ्चालक चार्टड एकाउन्टेन्ट सुवोध कर्णका अनुसार बुधबार राष्ट्र बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘सिएलाई अव त्रिभुवन विश्वविद्यालयको ब्याचलर वा त्यसको समकक्षता आवश्यकता पर्दैन । मैले लामो समयदेखि यस विषयमा लविङ गरिरहेको थिएँ । अन्तत: राष्ट्र बैंकको संचालक समितिले निर्णय गर्यो । यो समग्र सिए क्षेत्रका लागि राम्रो उपलब्धि हो ।’ सिए सरोकारसँग कुराकानी गर्दै सिए सुवोध कर्णले भने । उनका अनुसार अव नेपाल राष्ट्र बैंकले अधिकृत तहमा कर्मचारी माग्दा सिएलाई थप एकेडेमिक क्वालिफिकेसन आवश्यक पर्नेछैन । ‘नेपाल राष्ट्र बैंककै कर्मचारी विनियमावलीलाई ‘फलो’ गर्दै धेरै बैंक तथा वित्तीय संस्थाहरुले सिएमा ब्याचलर जोडेर क्वालिफिकेसन माग्ने गरेका थिए । अव अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकलाई फलो गर्नेछन् र सिए क्वालिफिकेसनलाई बैंकिङ क्षेत्रमा अधिकृत हुनका लागि अन्य क्वालिफिकेसन नचाहिने तथ्यको बिकास हुनेछ ।’ सिए सुबोध कर्णले भने ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।