Skip to content

आइक्यानको वित्तीय विवरणको चिरफार-३ : संस्थाको छाप बिनाको वित्तीय विवरणले कसरी पायो बैधानिकता ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को लेखापरीक्षण प्रतिवेदनमा लेखापरिक्षकले ठेगाना नै गलत लेखेको प्रसङ्ग सेलाउन नपाउंदै आइक्यानले एनएफआरएस लागु गर्ने कुरामा पनि चुकेको देखियो । आइक्यानको बार्षिक प्रतिवेदनमा वित्तीय विवरण हेर्दा आइक्यानले वित्तीय विवरणमा यसपाली छाप हान्न नै छुटाएको भेटिएको छ । कानुनत: संस्थाको वित्तीय विवरणमा छाप अनिवार्य हुन्छ । आइक्यान ऐनमा पनि स्पष्टसँग संस्थाको छाप हुनेछ र संस्थाको छाप संस्थाबाहेक कसैले प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख छ । तर आइक्यानले आफ्नो वित्तीय विवरणमा समेत छाप नै नराखी त्यसलाई सार्वजनिक गरिदिएको छ । यसो त डिजिटल कपिमा मात्र यस्तो होला भनेर झुक्किनुहोला, आइक्यानले बाँडेको प्रिन्टेड कपिमा समेत छाप छैन । 
कानुन व्यवसायी भन्छन्, ‘कानुन अनुसार यस्तो डकुमेन्ट नै बैधानिक हुँदैन’
लेखापरीक्षणको सिद्धान्तले भन्छ, ‘लेखा व्यवस्थापनले बनाउने हो ।’ त्यसलाई लेखापरीक्षणले परिक्षण गर्ने हो । अव छाप नै नभएको वित्तीय विवरणले कसरी बैधानिकता पायो ? र लेखापरिक्षकले त्यसलाई के आधारमा आफ्नो राय दिए भन्ने कुरा महत्वपूर्ण देखिएको छ । यता यस विषयमा हामीले कानुन व्यवसायीलाई समेत सोधेका थियौं । कानुन व्यवसायी के के न्यौपाने भन्छन्, ‘संस्था भएकाले छाप अनिवार्य हुन्छ । किनकि छाप भनेको संस्थागत पहिचानको कुरा हो । संस्थाको आधिकारिक व्यक्तिको हस्ताक्षर भनेको उसको जिम्मेवारी हो । संस्थाको आधिकारिकता होइन । लेखा व्यवसायको नियमनकारी निकायकै वित्तीय प्रतिवेदनमा संस्थाको छाप नहुनु गम्भीर त्रुटी हो ।’ उनका अनुसार यसको बैधानिकतामाथि प्रश्न उठाएर मुद्धा मामिला गर्ने हो भने पनि आइक्यान दोषी देखिनेछ ।
प्रतिवेदनमा अनेक गल्ती, कार्यकारी निर्देशक सम्पर्क बाहिर !
यसो त आइक्यानको प्रतिवेदनमा यसपाली निकै गम्भीर खालका थुप्रै गल्तीहरु भेटिएका छन् भने केहि सामान्य त्रुटी भेटिएका छन् । यसरी आइक्यानजस्तो संस्थाको प्रतिवेदनमा लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण लगायतमा पनि त्रुटी देखिनुलाई स्वाभाविक रुपमा मान्न नसकिने धेरैको राय छ । तर यस विषयमा राय बुझ्न हामीले आइक्यानका कार्यकारी निर्देशकलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौं । तर उनी निरन्तर सम्पर्क बाहिर छन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।