Skip to content

बधाई छ ! चार्टड एकाउन्टेन्ट प्रविण बस्नेत बने कामना सेवा विकास बैंकको सीइओ !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – चार्टड एकाउन्टेन्ट प्रविण बस्नेत कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको  हो । 
मंगलबार बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । गत भदौ ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले राजीनामा दिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो।
उनी चार्टड एकाउन्टेन्ट हुन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।