Skip to content

एओसीले फेरि इतिहास रच्यो, आइपीसीसीको नतिजामा पुनः ३ ‘र्यांक’, समग्र नतिजा पनि सर्वोत्कृष्ट !

#AOC
  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – ‘र्यांक’को पर्यायवाची नै जस्तो बनिसकेको एकेडेमी अफ कमर्शले आइपीसीसीको नतिजामा पुन: ‘र्यांक’ ल्याएर इतिहास रचेको छ । शुक्रबार प्रकाशित नतिजा अनुसार एओसीमा अध्ययन गरेका अनिल बास्कोटा, अस्विनी कुमार ठाकुर, र लक्ष्मण परियारले क्रमश २९औं, ४४औँ र ४५औँ र्यांक ल्याउन सफल भएका छन् ।
यस्तै प्रकाशित नतिजामा एओसीका ३२ जनाले आइपीसीसीका दुवै समूह पास गरेर फाइनलमा पुगेका छन् भने एओसीमा अध्ययन गरेका विद्यार्थीहरुमध्ये यो एटेम्प्टमा २१ जना सिए उतिर्ण भएका छन् ।
एओसीले अर्को पक्षमा पनि इतिहास रचेको छ । आइपीसीसीको नतिजामा अस्वीनी कुमार ठाकुरले कष्ट एकाउन्टिङ विषयमा ९८ अंक ल्याएका छन् । सिए जीवन बुढाथोकीले बढाएको विषयमा यस्तो उत्कृष्ट नतिजा निस्किएको हो । 
एओसीमै अध्ययन गरेका प्रणव प्रतिक तुल्स्यान र मन्जिता खड्काले सिए फाइनलमा क्रमश: ५औँ र २४औँ र्यांक ल्याईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।