Skip to content

बधाई छ ! सुवास कुमार झुनझुनवाला गोल्डमेडलद्वारा शैलेश कट्टेल सम्मानित (फोटो फिचरसहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका शैलेश कट्टेल सुवाष कुमार झुनझुनवाला गोल्ड मेडलबाट सम्मानित भएका छन् । क्याप वान अन्तर्गत २०१७को परिक्षामा उत्कृष्ट स्थान हासील गरेका कट्टेलले यो मेडल स्थापना गर्ने सिए सुवास कुमार झुनझुनवालाको हातबाट यो अवार्ड हात पारेका हुन् । 
२२औँ आइक्यान दिवसको अवसरमा काठमाडौँको होटल र्याडीसनमा आयोजित एक भव्य कार्यक्रमका बीच उनी उक्त मेडलबाट सम्मानित भएका हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाका अलावा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य विशिष्ट अथितिहरुको बाक्लो उपस्थिति थियो ।
उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।