Skip to content

टेलिकमको प्रवन्ध निर्देशक बन्न चार्टड एकाउन्टेन्ट बुद्धिप्रसाद आचार्यसहित ११ जनाको आवेदन, दोहोरिएलान् त बुद्धि ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले निवेदन दिएका छन् । जसमध्ये बुद्धिप्रसाद आचार्य चार्टड एकाउटेन्ट हुन् । साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो । चार्टड एकाउटेन्ट बुद्धिप्रसाद आचार्यले यसअघि पनि नेपाल टेलिकमको प्रबन्ध निर्देशक भएर काम गरिसकेका छन् । अन्तिम मितिसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् ।
यसो त सिए बुद्धिप्रसाद आचार्य विवादमुक्त व्यक्ति भने होइनन्  । यसअघि टेलिकमको प्रबन्ध निर्देशक हुँदा उनले १५ लाख बन्ने एप्सलाई ७ करोड खर्च गरेको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।