Skip to content

सिए कन्फेरेन्सको तयारी अन्तिम चरणमा : सोमबारदेखि ‘रेजिष्ट्रेसन’ सुरु, यसरी दर्ता गराउनुहोस् आफ्नो नाम !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउटेन्टस् संघ (एक्यान) ले यहि माघ ७ गते हुने सिए कन्फेरेन्सका लागि ‘रेजिष्ट्रेसन सुरु गराएको छ । संघका उपाध्यक्षले सिए सरोकारलाई गराएको जानकारी अनुसार पुस १६ गते सोमबारबाट रजिष्ट्रेसन सुरु भएको हो । उनका अनुसार संघका सदस्यहरुलाई ५०००  र गैरसदस्यहरुलाई ८ हजार शुल्क कन्फेरेन्सका लागि तोकिएको छ । तर कसैले जनवरी १०, २०१८ अगाडी आफ्नो नाम दर्ता गरायो भने १ हजार छुट हुनेछ ।
दर्ता गराउने विभिन्न विकल्पहरु एक्यानले दिएको छ । जसअनुसार कुनै पनि सदस्यले संघको प्रभु बैंकको खातामा रकम जम्मा गरेर एक्यानलाई जानकारी गराउन सक्छ । र एक्यानको वेव साइटमा रहेको फर्म भरेर त्यसलाई इमेल गर्न पनि सक्छ । बाटो परेका बेला एक्यानमै गएर फर्म भरेर पैसा बुझाउन पनि सकिन्छ । सबैभन्दा सजिलो उपायचाहिं एक्यानमा ९८१०१९८१८८ मा एक्यानको सचिवालयमा सुमन लम्साललाई फोन गरेर आफ्नो अफिसमै फर्म मगाउन सकिन्छ । उनलाई नै पैसा दिए उनले नै एक्यानको खातामा जम्मा गरिदिनेछन् । अन्य जानकारी एक्यानको फोन नम्बर ४२५३०६८ मा फोन गरी लिन सकिनेछ ।
यदी प्रभु बैंकमा जाने काम छ भने The ACAN of Nepal, A/c No. 0010010001196000005 मा रकम जम्मा गर्न सकिनेछ । माघ ७ गते विहान ८ बजेदेखि कन्फेरेन्स सुरु हुनेछ । कन्फेरेन्सको तयारी पनि अन्तिम चरणमा पुगेको उपाध्यक्ष दीपक पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।