Skip to content

बधाई छ ! चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने एनआइसी एशिया बैंकको सीइओ नियुक्त, रचियो यस्तो इतिहास !

  • सिए  सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइसी एशिया बैंकका कामु सीइओ रहेका रोशन न्यौपानेले अन्तत: बैंकको सीइओको जिम्मेवारी पाएका छन् । बैंकको पछिल्लो बोर्ड बैठकले उनलाई बैंकको सीइओको जिम्मेवारी दिएको हो । केहि समयदेखि बैंकको सीइओ पद रिक्त थियो । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले न्यौपानेलाई कामु सीइओ बनाएको थियो । उनी छोटो समयमा बैंकिङ क्षेत्रमा उदाएका र राम्रो प्रगति गरेका चार्टड एकाउन्टेन्ट हुन् ।
चार्टड एकाउन्टेन्ट रोशन न्यौपानेले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट चार्टड एकाउन्टेन्सी अध्ययन पूरा गरेका हुन् । आइक्यानबाट सिए पास गरेर कुनै कमर्सियल बैंकको सीइओ भएका उनी पहिलो व्यक्ति हुन् । बैंक अफ एशिया बाट आफ्नो बैंकिङ करियर सुरु गरेका न्यौपाने इन्टरनल अडिट विभागको प्रमुख हुँदै बैंकिङ करियरमा अगाडी बढेका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।