Skip to content

एनकासाले पायो नयाँ नेतृत्व, अध्यक्षमा दिनेश चौलागाईं, उपाध्यक्षमा प्रगती भुवाई !

  • सिए सरोकार सम्बाददाता 

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल  चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले नयाँ नेतृत्व पाएको छ । निर्वाचन अधिकृतको कार्यालय, आइक्यानबाट जारी भएको सूचना अनुसार अध्यक्षमा दिनेश चौलागाईं, उपाध्यक्षमा प्रगति भुवाई, सचिवमा समीप भर्ती थकाली र कोषाध्यक्षमा सन्दीप भुसाल निर्वाचित भएका छन् ।
सम्पूर्ण पदमा एकएक जनाको मात्र उम्मेद्वारी परेकाले सबै उम्मेदवारहरु निर्विरोध रुपमा सम्बन्धित पदमा निर्वाचित भएको निर्वाचन अधिकृत चार्टड एकाउन्टेन्ट सुरेश देवकोटाले सिए सरोकारलाई जानकारी दिएका छन् ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।