Skip to content

बधाई छ : राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक पदमा चार्टड एकाउन्टेन्ट बद्री गुरागाईं नियुक्त !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक पदमा चार्टड एकाउन्टेन्ट बद्री गुरागाईं नियुक्त 
भएका छन् । यसअघि पनि सो संस्थामा कार्यानुभव भएका उनले भारतीय बोर्डबाट सिए उतिर्ण गरेका थिए । हाल उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका समेत सदस्य छन् ।
केहि समय अघि परिवार नियोजन संघमा संचालक समितिको सदस्य भएर काम गरेका उनी त्यसपछि राष्ट्रिय सहकारी बैंक लिमिटेडमा जागिरे भए । उक्त बैंकबाट राजीनामा दिएर एक आइएनजीओमा काम गरेका उनी पुन: उक्त बैंकमा जागिरे हुन लागेका हुन् । 
बिगत लामो समयदेखि जागिरको अनुभव भएका उनी केहि समय अगाडी भएको नेपाल चार्टड एकाउन्टेन्टस् संघका अध्यक्षका प्रत्यासीसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।