Skip to content

सुरु भयो एक्यान फुट्सल मेनिया २०१८, ‘फिट एण्ड फाइन’ सिएहरुदेखि ‘फेमिली प्याक’ पेट भएकाहरुसम्म मैदानमा !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा ‘एक्यान फुट्सल मेनिया’ सुरु भएको छ । बिहिबारदेखि सुरु भएको उक्त प्रतियोगिता शनिबारसम्म चल्नेछ । उक्त प्रतियोगीतामा सिएहरुका विभिन्न समूहबीच प्रतिष्पर्धा हुने बताइएको छ । साथै एक्यान र अन्य समूहबीचको मैत्रीपूर्ण म्याचसमेत आयोजना हुनेछ । उक्त प्रतियोगीतामा विभिन्न सिए फर्म र कर्पोरेट हाउसहरुबीचसमेत प्रतिष्पर्धा हुने बताइएको छ । 
गत बर्षपनि एक्यानले यस्तै प्रतियोगीताको आयोजना गरेको थियो । गत बर्ष कमलादीस्थित युनिग्लोब कलेजको फुट्सल मैदानमा आयोजना भएको उक्त कार्यक्रम अहिलेभने गोल्फुटारको एक फुट्सल मैदानमा आयोजना भइरहेको छ । पूरै विश्व नै विश्वकपमय भइरहेका बेला एक्यानको आयोजनामा चलिरहेको प्रतियोगीतामा पनि सिएहरुको फुट्सल क्रेज पनि राम्रो रहेको देखिएको छ । ‘फिट एण्ड फाइन’ सिएहरुदेखि ‘फेमिली प्याक’ वाला पेट भएकाहरु पनि फुट्सलमा झुमीरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।