Skip to content

एपेक्स बैंक घोटाला प्रकरण : चार्टड एकाउन्टेन्ट गोकर्ण कट्टेलसहित १४८ जना विरुद्ध मुद्धा दायर ! (नामावलीसहित)


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – एपेक्स घोटाला प्रकरणमा चार्टड एकाउन्टेन्ट गोकर्ण कट्टेल पनि मुछिएका छन् । तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा १४८ जनाबिरुद्द पाटन उच्च अदालतमा मुद्दा दायर हुँदा उनको नाम ८९ औं स्थानमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर बैशाख ३१ गते जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सोहि अनुसार पाटन अदालतमा मुद्दा दायर भएको हो । गोकर्ण कट्टेल तत्कालीन अवस्थामा एपेक्स डेभलोपमेन्ट बैंकमा महाप्रबन्धक थिए । 
सीआईबीका अनुसार १४८ जना भन्द धेरैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सीआईबिले ति १ सय ४८ जनाबाट ९६ करोड ७७ लाख बिगो माग गरेको छ । १ सय ४८ जनामा बैंकका संचालक, कर्मचारी, ब्यबस्थापन समितिका सदस्य, संचालक समितिका सदस्य , ऋणी लगायत समाबेश भएकोले कतिपयको नाम पनि नखुलेको र केहिको ठेगाना खुलेको छैन । १ सय ४८ मध्ये २१ जना पक्राउ परेका छन् भने बाँकि फरार छन्। 
कट्टेल नेपाल चार्टड एकाउन्टेन्ट्स  संस्थाबाट सिए उतिर्ण गरेका सिए हुन् । जी कट्टेल एण्ड एसोसीट्स नामक फर्म चलाउनुभन्दा अघि उनी एपेक्समा काम गर्थे । सीआईबीले एनसीसी बैंकबाट ल्याएको १ सय २८ फाइल मध्ये ८५ फाइलको मात्र काठमाडौँमा अनुसन्धान भएको थियो । बाँकि ३२ फाइलको इटहरीमा, ७ फाइलको शुखेतमा र १३ फाइलको अनुसन्धान नेपालगंजमा चलिरहेको छ । ति फाइलको अनुसन्धान सकेर सम्बन्धित जिल्ला मै मुद्दा दर्ता हुने छ । कट्टेल अहिले सम्पर्क बाहिर छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।