Skip to content

एक्यानको साधारणसभा सम्पन्न, राष्ट्रिय सभा गृहमा अहिलेसम्म नदेखिएको सिएहरुको भीड !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को ३३औं साधारणसभा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । उक्त अवसरमा सभामा उपस्थित विभिन्न वक्ताहरुले आफ्नो धारणा  राखेका थिए भने सिएको परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

यद्यपी चुनावी माहोलका कारण साधारणसभाप्रति कसैको ध्यान नगएको देखिन्थ्यो । सबैजना चुनावी माहोलमा भएकाले साधारणसभामा कसैको ध्यान नजाँदा बोल्नेहरु बोलिरहने, सुन्न कसैले नसुन्ने अवस्था देखिएको उक्त साधारणसभाको माहोल पनि निकै ‘गरम’ देखिएको थियो । अहिलेसम्म एक्यानको कार्यक्रममा यतिधेरै सिएहरु देखिएका थिएनन् । यसपाली चुनाव भएकाले र त्यसमा पनि ५०० बढी नयाँ सदस्य थपिएकाले पनि यस्तो भीड देखिएको हो ।

 अहिले एक्यानमा विभिन्न पदमा मतदान भइरहेको छ । केहि समयभित्र नतिजा प्रकाशन हुनेछ । सिए सरोकार हेर्दै रहनुहोला ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।