Skip to content

सुचना आयोगमा मुद्धा परेपछि खुल्यो सन्जय सिन्हाको चेत, अर्थ सरोकारलाई दिए लुकाइएको सुचना !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थ सरोकार डटकमले सुचना माग गरी पटक पटक मौखिक तागेता गर्दा पनि सूचना दिन अटेरी गरेका नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का कार्यकारी निर्देशकलाई सुचना आयोगमा मुद्धा परेपछि उनको चेत खुलेको छ । सुचना आयोगमा सुचना नदिएर नेपालको संविधानले सुरक्षित गरेको सुचनाको हकको बर्खिलाप गरेको भन्दै उनी विरुद्ध केहि दिनअघि सुचना आयोगमा मुद्धा परेको थियो ।
तर बोधार्थमा उल्लेख भए बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आइक्यानका अध्यक्षसमक्ष समेत सुचना लुकाइएको र त्यसमा सिन्हाले सुचनाको पात्रसँग आर्थिक चलखेल भएको जानकारीका सम्बन्धमा छानविन गर्न माग गरिएपछी उनले मागिए बमोजिमको सुचना अर्थ सरोकारको कार्यालयमै पठाएका छन् ।

सुचनामा उनले संस्थाका सदस्य गणेश राज पोखरेललाई कारवाही गरिएको बारे सम्पूर्ण विवरण खुलाएर पठाएका छन् । यद्यपी उनले ५ महिनासम्म उक्त सुचना कसको प्रभावमा परेर किन लुकाए वा त्यसमा बाहिर आएको आर्थिक लेनदेनको चर्चा के हो भन्ने विषयमा अख्तियारले नै छानविन गर्ने बुझिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।