Skip to content

विप्लवका कार्यकर्ताले चुडामणिको घर फुटाए, सिए उमेश ढकाल र एलडी महतलाई पनि ‘जनकारवाही’ गर्ने घोषणा ! (फोटो फिचरसहित)

  • सिए  सरोकार सम्बाददाता 
काठमाडौँ- विप्लवका कार्यकर्ताले चुडामणि शर्माको घर फुटाएका छन् । आज दिउँसो करिव २:३० बजे विप्लवका कार्यकर्ताले शर्माको घर फुटाएका हुन् । विप्लवका कार्यकर्ताले तोडफोड गरेपछि शर्माको घरमा क्षति पुगेको छ । 
अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेका शर्माको घर मंगलबार दिउँसो तोडफोड भएको हो । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग क्षति पुगेको छ ।
आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशकविरुद्ध ‘जनकारवाही’ भन्दै उनको घरमा विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडपछी उनको टोलनै तनावग्रस्त बनेको छ । कार्यकर्ताहरुले उनको घरमा नेकपाको झण्डा र ब्यानर राखेका छन् ।
उनीहरुले शर्माको सम्पत्तिलाई राष्ट्रियकरण गर्न समेत माग गरेका छन् ।   
यता चुडामणिपछी उमेश ढकाल र एलडी महतलाई पनि नछोडिने विप्लवका कार्यकर्ताहरुले बताएका छन् । शर्माको घर फुटाएका उनीहरुले ढकाल र महत विरुद्धसमेत नारावाजी गरेका थिए ।  उनीहरुपनि निशानामा नै रहेको कार्यकर्ताहरुले बताएका छन् । उनीहरुले महत र ढकाललाईसमेत ‘जनकारवाही’ गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।