Skip to content

इतिहास दोहोर्याउँदै एनबीएसएमले चुम्यो, एनाकासा कप क्रिकेटको उपाधि !

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संगठनले हरेक बर्ष आयोजना गर्दै आएको क्रिकेट प्रतियोगिता अन्तर्गतको यसपालीको संस्करणमा एनबीएसएमले विजय हाँसील गरेको छ । 
किर्तिपुरमा भएको फाइनल खेलमा एनबीएसएम एसोसिएट्सले जिएसएन/ एस. बगालेलाई पराजय गरेको हो । एनबीएसएमले – १६१/४ (२० ओवर) को नतिजाका साथ बिजयी हुँदा जिएसएन/ एस. बगाले १०५/१० मा समेटिएको थियो । 
उक्त खेलमा म्यान आफ द म्याच- चन्देश्वर चौधरी घोषित भएका छन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडी : राजन डागी, उत्कृष्ट बलर सुरज दास, उत्कृष्ट ब्याटस्म्यान सुशील अधिकारीले प्राप्त गरेका थिए । प्रतियोगितापछि आयोजित पोष्ट म्याच कार्यक्रममा एनकासाका अध्यक्ष ऋषि पोख्रेल, आइक्यानका अध्यक्ष सिए प्रकाश जङ्ग थापा, एक्यानका महासचिव सिए सन्तोष लम्साल एनकासा क्रीकेट संयोजक रमेश पन्थी लगायतले पुरस्कार वितरण गरेका थिए । 
कार्यक्रमका प्रयोजकहरु आइक्यानका पूर्वअध्यक्ष सिए महेश खनाल, सिए सुबोध कर्ण , इसेवा, कुमारी बैंक, सिए महेश गुरागाइ, एक्यान, सिए रजनीराज आचार्य र चैतन्य सिए थिए।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।