Skip to content

खस्केकै हो त सिएको ‘क्रेज’ ? हेल्लो आइक्यान ! बैंकहरुले त अति गर्न थाले, केहि कदम चाल्ने कि ?

काठमाडौँ- नेपालका विभिन्न बैंकहरुले मेनेजमेन्ट ट्रेनी पदमा समेत सिए / एसीसीए माग्न थालेका छन् । यसैबीच ग्लोबल आइएमइ बैंकले समेत मेनेजमेन्ट ट्रेनी पदमा सिए / एसीसीए मागेको छ । सिएहरुलाई अफिसरभन्दा तल्लो तहमा राख्न नहुने कुरा उठिरहेका बेला बैंकले जारी गरेको यस्तो सुचनाले धेरै सिएहरुलाई दुखी तुल्याएको छ ।
यसो त विभिन्न बैंकमा सिएहरु यसरी तल्लो तहमा काम गरिरहेका छन् । फर्ममा काम गर्न मन नलाग्नु र बैंकमा तल्लो तहमै काम गर्नुपर्ने वाध्यताका कारण सिएहरु तल्लो तहमा काम गरिरहेका छन् । सिएको क्रेज र ‘आउटपुट’ दुवै पहिलेजस्तो नभएको भन्ने विषयमा समेत बहस चलिरहेका बेला यसरी विभिन्न बैंकले जारी गरेका भ्याकेन्सीहरुले खास अर्थ राख्ने कुरामा कुनै शंका छैन ।
यसो त भ्याकेन्सी निकाल्नेहरुले निकाले भन्दैमा आफ्नो सर्टिफिकेटको इज्जत नै नरहने गरी आवेदन दिनुसमेत गलत भएको सरोकारवालाहरुको भनाइ छ । ‘ग्लोबल आइएमइ बैंकले जे गरेको छ, त्यो सरासर गलत हो । तर त्यो काम गलत हो भन्न सिएहरुले नै सक्नुपर्छ । यस्तै हो भने कुन दिन ट्रेलरमा समेत सिए नामाग्लान् भन्न सकिन्न ।’ एक बैंकको उच्च तहमा काम गरिरहेका एक सिएले सिए सरोकारसँग भने । 

यसो त यसअघि नेपाल बंगलादेश बैंकले यस्तै भ्याकेन्सी निकाल्दा त्यसको ठुलै विरोध भएको थियो । यद्यपी ग्लोबल आइएमइ बैंकले यस्तो सुचना निकाल्दासमेत आइक्यान चुप लागेर बसेको छ ।            

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।