Skip to content

पाँचौं दिनसम्म आइपुग्दा यस्तो छ एनकासा क्रिकेट अपडेट, किर्तिपुरमा फरक रौनक !

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संगठनले हरेक बर्ष आयोजना गर्दै आएको क्रिकेट प्रतियोगिता अन्तर्गतको यसपालीको संस्करणको पाचौं दिनसम्म आइपुग्दा क्रिकेट प्रतियोगितामा थप रौनकता र उत्साह थपिएको छ ।
प्रतियोगिताका संयोजक रमेश पन्थीले सिए सरोकारलाई गराएको जानकारी पाँचौं दिनको खेलमा जीएसएन / र एस बगाले एण्ड एसोसीट्स बिजयी भएका छन् । किर्तिपुर स्थित ल्याबरेटरि स्कुल मैदानमा जारी सातौं एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज एनकासा र व्हीलचेयर क्रिकेट एसोसिएशन अन्तर्गतको पारास्टैंडिङ क्रिकेट टीम बीच मैत्रीपूर्ण खेल भएको छ। 
उक्त खेलमा एनकासाले जीत हात पारेको छ । शुक्रबार सेमी फाइनल अन्तर्गतका खेलहरु हुँदैछन् । प्रतियोगिता शनिबारसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।