Skip to content

ज्योति बिकास बैंकको सीइओमा चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – ज्योति बिकास बैंकका डेपुटी सीइओ रहेका मनोज कुमार ज्ञवाली सीइओको पदमा पदोन्नती भएका छन् । बैंकका सीइओ कृष्ण बहादुर कुँवरले राजीनामा दिएपछि बैंकले उनलाई सीइओ बनाएको हो । 
यसअघि नेपाल राष्ट्र बैंकमासमेत काम गरेका ज्ञवालीले त्यसपछि ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । ग्लोबल आइएमइ बैंकको काम छोडेर एक हाइड्रोमा काम गर्न गएका उनले उक्त जागिर छोडेर ज्योति बिकास बैंकको डेपुटी सीइओको पद सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिबिए गरेका उनी चार्टड एकाउन्टेन्ट हुन् भने हाल पीएचडी गरिरहेका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य रहेका उनलाई ४ बर्षे कार्यकालका लागि संचालक समितिको बैठकले डेपुटी सीइओबाट  सीइओमा पदोन्नति  गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।