Skip to content

सुर्खेतमा पनि नक्कली अडिटरको बिगबिगी, पत्रिकामा विज्ञापन नै गरेर खुलेआम दलाली !

  • सिए सरोकार सम्बाददाता 
सुर्खेत- देशभर रहेका नक्कली अडिटर र लेखापरिक्षण कार्यका दलालहरुलाई निष्क्रिय पार्ने भन्दै आइक्यानले अन्तरक्रिया गरेको केहि समयमा नै सुर्खेतमा पत्रिकामा सुचनानै प्रकाशित गरेर दलाली गर्ने गरेको पाइएको छ । स्मार्ट कन्सलटेन्सीका नाममा खुलेआम यस्तो धन्दा चलेको भेटिएको छ । घर तथा जग्गा विक्री, एसएलसीको ट्युसन, लगायतका सेवा दिने बहानामा लेखापरीक्षण रिपोर्टको दलाली पनि गरिएको छ ।

लेखा व्यवसायको नियमनकारी निकाय आइक्यानको नियम अनुसार यसरी विज्ञापन गरी लेखापरीक्षण सेवा दिने जानकारी दिन पाइंदैन भने दर्तावाला लेखापरिक्षक र सिएबाहेक कसैले पनि बाह्य लेखापरिक्षण गर्न पाउँदैन ।

यसबारे दिइएको नम्बरमा सम्पर्क गर्न खोज्दा उनको फोन अफ पाइएको छ । यस विषयमा आइक्यानले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।