Skip to content

बधाई छ ! आइक्यानका पूर्व पार्षद् समेत रहेका अडानका प्रथम उपाध्यक्ष डा. कृष्ण पौडेल बने मेयर

काठमाडौँ- पत्रकार, कलाकार, समाजसेवी, इन्जिनियर लगायातका व्यक्ति विभिन्न नगरपालिकाका मेयर र उपमेयर पदमा निर्वाचित भएका खबरहरु आइरहेका बेला अडिटर समेत मेयर पदमा निर्वाचित भएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अड़ान) का प्रथम उपाध्यक्षसमेत रहेका डा.कृष्ण पौडेल बाराको जीतपुर -सिमरा उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका हुन् ।
उनी नेपाली लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका पूर्व पार्षद् समेत हुन् । सहकारी क्षेत्रमा समेत निकै परिचित उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन् ।
देशको कान्छो उप-महानगरपालिका भनेर चिनिने जीतपुर सिमरा उप–महानगरपालिकाको मेयर एमालेका युवा नेता डा.कृष्ण पौडेलले कांग्रेसलाई पछि पार्दै बिजयी भए | पौडेलले कुल १४ हजार ८ सय ६५ मत ल्याई विजयी भएका छन् । भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ मत पाए थिए ।
त्यस्तै उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४ सय ५९ मत पाई जित हासिल गरेका छन् भने उनको प्रतिस्पर्धामा रहेकी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४ सय ६५ मत मात्रै प्राप्त गरिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २ सय ४८ प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।