
काठमाडौं – एसीसीएले २०१७ जुनमा लिएको परिक्षामा एसीसीएको तेश्रो तह प्रोफेसनल तह अन्तर्गतको ‘बिजनेस एनलाइसिस प्रोफेसनल’को परीक्षामा नेपाली विद्यार्थी विश्व प्रथम भएकी छिन् । द ब्रिटिश कलेजमा अध्ययन गरेकी रेजिका महर्जन उक्त परिक्षामा विश्व प्रथम भएकी हुन् । यसभन्दा अघि उनी एसीसीएको दोश्रो तह ‘स्किल लेभल’ परीक्षामा नेपाल प्रथम भइसकेकी थिईन् । प्रोफेसनल लेभल अन्तर्गत उक्त विषयमा नेपालीले विश्वकै प्रथम स्थान प्राप्त गरेको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्