Skip to content

काउन्सिलको निर्णय विपरित प्रकाश लम्साल चीन उडे !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – अन्तत काउन्सिलको निर्णय विपरित आइक्यानका पूर्वअध्यक्ष प्रकाश लम्साल चीन उडेका छन्। आइक्यानले २०७२ साल साउन २२ गते गरेको निर्णय विपरित उनी चीन उडेका हुन् । आइक्यान स्रोतका अनुसार २०७२ साल साउन २२ गते बसेको काउन्सिलको बैठकले २०१५देखि २०१९ सम्मको कापाको बोर्ड सदस्यका लागि हुने निर्वाचनमा आइक्यानले पनि आफ्नो उम्मेद्वारी दिने र संस्थाका विद्यमान अध्यक्षलाइ नै कापाको बोर्डको निर्वाचनको उम्मेदवार चयन गरी पठाउने निर्णय गरेको भएपनि महेश खनाललाई अध्यक्ष हुन मुख्य भूमिका निर्वाह गरेको भन्दै उनी र महेश खनालको सल्लाहमा लम्साल चीन उडेका हुन् । यसले आइक्यानको काउन्सिलको निर्णय त आपसी कुराकानीमै मिलाउन मिल्दो रहेछ भन्ने गलत नजीर स्थापति हुने खतरा बढेको सरोकारवालाहरु बताउँछन् ।

 २०७२ साल साउन २२ गते बसेको काउन्सिलको निर्णय

प्रकाश लम्सालले चीन जान रहर गरेपछि अध्यक्ष महेश खनाल मौन बसेको चर्चा यतिबेला आइक्यानमा चल्ने गरेको छ । यसो त विदेश भ्रमण भनेपछि सबै काम नै छोडेर यसअघि श्रीमती सहित आइक्यानको पैसामा लम्साल विदेश घुमेको चर्चापनि चलेको थियो । लम्साल सोमबार रातीको फ्लाइटमा चीन उडेको स्रोतको दावी छ ।

यसबारे प्रकाश लम्सालसँग प्रतिक्रिया माग्ने पटक पटकको हाम्रो प्रयास भएपनि उनी हामीसँग सम्पर्कमा आउनै चाहेका छैनन् । अध्यक्ष भएदेखि इतिहासकै सबैभन्दा बढी विवादित अध्यक्ष बनेका लम्सालले आइक्यानमा रहुन्जेल आइक्यानको नियमविपरित आइक्यानमा आफुले पाएको अख्तियारीको दुरुपयोग गर्दै आएका छन् । स्मरण रहोस् लम्साललाई भ्रष्टाचार प्रकरणमा अख्तियारले तानेपछि आइक्यानमा महेश खनालको संयोजकत्वमा छानविन समिति गठन गरेर उनलाई उन्मुक्ति दिइएको थियो । आईटी तालिम लिने टेन्डर आर्थिक लाभ लिएर कम्प्युटर पोइन्ट नेपाल नामक संस्थालाई दिएको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडी बढाएको थियो ।
  

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।