Skip to content

सुन साइँली साइँली, ५० कटेसी रमाउँला…


  • सुमन डंगोलको प्यारोडी 

सुन साइँली साइँली… सिए भएसी, म आउँला…
सुन साइँली साइँली, ५० कटेसी रमाउँला…

सुन साइँली साइँली, दियोमा तेलै भुरुरु,
रिजल्ट हेरेर नरुनु…

सुन साइँली साइँली… सिए भएसी म आउँला
सुन साइँली साइँली ५० कटेसी रमाउँला…

सुन साइँली साइँली, अग्रीगेट सट भएर झरियो,
आइक्यानको ‘फेल लिष्ट’ मा परियो…

सुन साइँली साइँली कुलोमा पानी कलल…
पास भाको मार्कशीट झलल…

सुन साइँली साइँली जांच देको पढी फरर…
रिजल्टले रुवायो धरर…

सुन साइँली साइँली… सिए भएसी, म आउँला…
सुन साइँली साइँली, ५० कटेसी रमाउँला… 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।