Skip to content

आइक्यानको वेव साइटको जिम्मा पाएको ग्लोबल आइटी विद्यार्थीको भविष्यमाथि खेल्दै


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – आइक्यानको वेवसाइटको जिम्मा पाएको ग्लोबल आईटि नामक कम्पनी गैरजिम्मेवार देखिएको छ । २४ सै घण्टा सेवा दिने झुटो आश्वासन देखाएर साइटमा आएका थुप्रै समस्याहरु समाधान नगरी उक्त कम्पनीले आइक्यान अन्तर्गत सिए अध्यायन गरिरहेका विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने प्रयास गरेको छ । आउँदो शनिबार हुने हल परिक्षाका लागि बुधबारसम्ममा विद्यार्थीले परिक्षा दर्ता गराईसक्नुपर्छ । तर बुधबार दिउँसोदेखि आइक्यानमा हल परिक्षा दर्ता गर्ने पेज नै खुलेको छैन भने उक्त कम्पनीले यसलाई बनाएको समेत छैन । 
कम्पनीको वेव साइटमा २४ सै घण्टा सेवा दिने भनिएको छ । तर बुधबार अत्याधिक विद्यार्थीको गुनासोपछी सिए सरोकारले कम्पनीमा फोन गर्दा फोन नै उठेन । कमशल खालको सेवा दिने र विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गरेको ग्लोबल आइटीलाइ आइक्यानका केहि कर्मचारीको मिलेमतोमा उक्त काम कमिसन कै भरमा आफुलाई पारिरहेको आरोप विभिन्न सरोकारवालाहरुले लगाउंदै आएका छन् ।
यसो त नेपालमा आइक्यानको आवश्यकता बुझेका सिएहरुलेनै समेत आइटी कम्पनी खोलेका छन् । तर सार्वजनिक खरिद ऐन अनुसार काम गर्नुपर्ने भएकाले सस्तोमा त्यो पनि कमिसनको भरमा  भएकाले यस्तो समस्या आएको गुनासो विभिन्न ठाउँबाट आउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।