Skip to content

लम्साल कार्यकालको फ्ल्यासब्याक : जव आइक्यानले गरेको पत्रकार सम्मेलन र एक्स्पोमा लम्साल गएनन्…

आइक्यानबाट सम्बन्धन प्राप्त संस्थाकै प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर त्यस अनुसारको सुविधा नदिने गरेको आरोप लगाएका छन् । आइक्यानले आज सम्पन्न गरेको पत्रकार सम्मेलनमा बोल्दै आइक्यानबाट सम्बन्धन लिएका सिए इन्स्टिच्युटहरुका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर सुविशा नदिने गरेको बताएका छन् ।  
कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आइक्यानबाट सम्बन्धन लिएको संस्था सीएआईका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिएअनुसारको काम नगरेको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सम्बन्धन दिइयो तर त्यो अनुसारको काम भएको छैन । यस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्षको उपस्थिति छैन ।’
यता आइक्यानबाट सम्बन्धन प्राप्त अर्को संस्था सीसीएमएका प्रतिनिधि दीपेश थपलियाले पनि यस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्ष नआउनु दुखद् भएको बताएका छन् । ‘विद्यार्थीको मामलामा केक साइज बढाउने काम गर्नुपर्थ्यो, जुन आइक्यानले गर्न सकेको छैन । ‘ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।    
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्का एक सिए इन्स्टिच्युटका प्रतिनिधि भन्छन्, ‘यस्तै हो भने आइक्यानको सम्बन्धन नवीकरण गर्नुपर्ने कुनै पनि कारण छैन । केहि इन्स्टिच्युटहरुले किन सम्बन्धन नवीकरण गर्दा रहेनछन् भन्ने कुरा बल्ल थाहा हुँदैछ ।’

तर यस्तो आरोप लाग्दा पनि प्रकाश लम्साल केहि बोलेनन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।