Skip to content

लेखाव्यवसायमा ‘दलाल’ सक्रिय, ट्राभल एजेन्सी समेत गर्छन लेखापरिक्षण सेवाको ‘दलाली’ !

नेपाली लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कामकार्वाही फितलो हुँदा लेखा व्यवसायमा गैर लेखापरीक्षकहरुको सक्रियता बढेको छ । आइक्यानको नियमविपरीत दलालहरु मनपरी ढंगले काम गरीरहेका छन् भने सेवाग्राही तिनै गैर लेखाव्यवसायीहरुबाट ठगिइरहेका छन् ।

आइक्यानको नियमविपरीत पत्रपत्रिकामा बिज्ञापन छापेर, फेसबुकमा प्रचार गरेर र भिजिटिङ कार्डमा आइक्यानमा विवरणहरु पेस गरेर गलत काम गर्नेहरु सल्बलाए पनि नियमन गर्ने निकाय भने कानमा तेल हालेर बसेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन– २०५३, अनुसार लेखापरीक्षण सम्बन्धी कार्य गर्ने भन्दै प्रचारात्मक काम गर्न पाइँदैन । तर, आइक्यानको सदस्य नै नभएकाहरुले गलत काम गरेको पाइएको छ । यस बिषयमा आइक्यानले केही समयअघि यस्तो कार्य नगर्न र गरेको पाइएमा कार्वाही गर्ने चेतावनीसहितको सूचना पनि जारी गरेको थियो । तर, उक्त सूचना पालना भइरहेको छैन ।
ट्राभल एजेन्सी समेत गर्छन् दलाली
पहिलो न्युजलाई प्राप्त यो एक ट्राभल एजेन्सीको भिजिटिङ कार्ड हो । मिलिजुली ट्राभल्स प्रालिका नाममा दर्ता भएको यो कम्पनीले आफूले दिने सेवाहरुमा लेखापरीक्षण समेत गरिने उल्लेख गरेको छ, जुन सरासर आइक्यानको नियमविपरीत छ । आइक्यान ऐन, २०५३ ले स्पष्ट रुपमा बिज्ञापन गरी लेखापरीक्षण सम्बन्धी कामको जानकारी दिन नपाउने व्यवस्था गरेको छ भने आइक्यानबाट ’सर्टिफिकेट अफ प्राक्टिस’ नलिएकाहरुले लेखापरीक्षण सम्बन्धी काम गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर, आइक्यानको यो नियमविपरीत काठमाडौँका विभिन्न ट्राभल एजेन्सीहरुले लेखापरीक्षणको दलालका काम गरिरहेका छन् ।

कन्सलटेन्सी नाममा लेखापरीक्षणको दालाली
पहिलो न्युजलाई प्राप्त यो अर्को तस्वीर हो । ट्याक्स कन्सलटेन्सी एन्ड सर्भिस सेन्टर नामक एक कन्सल्टेन्सीले आफूहरुले लेखापरीक्षण सम्बन्धी समेत काम गर्ने भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । स्रोतका अनुसार, यस्ता सयभन्दा बढी कम्पनीले लेखापरीक्षण सम्बन्धी कामको दलाली गर्ने गरेका छन् ।
  • पहिलोन्यूज 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।