Skip to content

फोनमा कुरा गरेको भरमा नयाँ पत्रिकाले नबोलेको कुरा लेख्यो : सिए इन्स्टिच्युटका सञ्चालक

मिति २०७३ साल जेठ ११ गते नयाँ पत्रिकाले प्रकाशन गरेको सिए विशेष अंकका लागि पत्रकारले फोनमा कुरा गरेर आफुले भन्दै नभनेको कुरा लेखेको बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै विभिन्न सिए इन्स्टिच्युट सञ्चालकले फोनमा कुरा गरेकै भरमा आफुले बोल्दै नबोलेको र गलत कुरा लेखेको बताएका छन् । 
पत्रिकाले एओसीबाट क्याप टु र आइपीसीसीका टपरहरु उत्पादन भइसकेको लेखेको छ । जवकी एओसीबाट क्याप टु टपर  भएका कोहीपनि छैनन् । पत्रिकाले सिएमा फेल भएपनि बिबिएस पढ्न पाइन्छ भनेर लेखेको छ जुन हासउठ्दो कुरा हो । दीपक पाण्डेलाई उदृत गर्दै यस्तो लेखिएको भएपनि दीपक पाण्डेले भने आफुले यस्तो नभनेको, र फोनमा कुरा गर्दा नबुझेर लेख्नेले अन्यथा लेखेको बताएका छन् ।  
दीपक पाण्डेमात्र होइन अरु सिए इन्स्टिच्युटका संचालकले पनि यस्तै प्रतिर्किया दिएका छन्। ‘फोनमा कुरा हुन्छ, एउटा भन्यो अर्को लेख्छन् ‘ अर्का एक सिए इन्स्टिच्युटका प्रतिनिधिले गुनासो पोखे। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।