Skip to content

बन्द भइसकेको सिए इन्स्टिच्युटको नाम आइक्यानले नहटाउंदा विद्यार्थी भ्रममा !

आइक्यानमा सम्बन्धित कर्मचारीले पूरा गर्नुपर्नेले आफ्नो जिम्मेवारी पूरा नगरीदिंदा विद्यार्थीहरु भ्रममा परेका छन् ।
कुनै समयमा निकै ‘अग्रेसिभ’ रुपमा लागेर नेपाली बजारमा आएको एसबिबिआर अहिले बन्द छ । तर आइक्यानको वेव साइटको सम्बन्धन प्राप्त संस्थाहरुको सूचीमा बन्द भएको इन्स्टिच्युटको नाम नहटाउँदा विद्यार्थीहरु भ्रममा परेका छन् ।
यसरी नाम नहटाउनु पर्ने वा हटाउन नमिल्ने कुनै नियम छैन । आइक्यानले सम्बन्धन लिएका संस्थाहरुको नाम पत्रिकामा प्रकाशित गर्दा एसबिबिआरको नाम राख्दैन । तर आफु निकटका सिए इन्स्टिच्युट बाहेक अरु विरुद्ध मोर्चानै बनाएर आइक्यानका अध्यक्ष लागेको भन्ने आरोप लागेका बेला यसरी बन्द भएको सिए इन्स्टिच्युटको नाम वेव साइटबाट नहट्नुले त्यो आरोपलाई झन् प्रशय दिएको छ । 
आइक्यानले नवीकरण नगरेका, सिएका तयारी कक्षाहरु संचालन नगरेका केहि सिए इन्स्टिच्युटहरुको नाम पनि उक्त सूचीबाट हटाएको छैन । सिए सरोकारलाई प्राप्त जानकारी अनुसार सिजन सकिएपछि त्यसलाई मिलाउने तयारी भइरहेको छ । सिजनका बेला सकेसम्म विद्यार्थी झुक्किउन् र आफु निकट सिए इन्स्टिच्युटतर्फ  जाउन् भन्ने बदनियतका साथ् यस्तो गरिएको स्रोतको दावी छ । 
      

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।