
- सर, तपाईं आइक्यानको नेतृत्वकर्ता भएकाले तपाइंले सिए क्षेत्रमा उठेका प्रश्नहरुको उत्तर दिनु जरुरी छैन र ? आइक्यानको पत्रकार सम्मेलनमा आइक्यानकोनै बेइज्जत हुने काम भएको छ । जानी वा नजानी तपाईंकै कर्मचारीबाट गल्ती भएको छ । यसबारे तापाईले नैतिकताका आधारमा माफी माग्नु पर्दैन र सर ? ती कर्मचारीलाई तपाईंले स्पष्टिकरण सोध्नु पर्दैन र सर ? तपाईंकै आदेशमा यस्तो भएको हो भन्ने कुरा बाहिर आउँदा खास के भएको हो स्पष्ट पार्नु पर्दैन र सर ? नत्र हामीले के बुझ्ने ? ‘मौनम स्वीकृतम लक्षणम्’ भन्ने त पढ्नु भएकै होला नि सर !
- काठमाडौँको एक सिए इन्स्टिच्युटसँग तपाइँको नाम जोडिएको छ । जोडिनु स्वाभाविक पनि हो । तपाईं कुनै इन्स्टिच्युटका शेयर होल्डर नै हुनुहुन्थ्यो भन्ने धेरैलाई थाहा छ । यदी तपाईंको नियत सफा छ भने यी कुराहरुलाई प्रष्ट पार्नु पर्दैन र सर ? नत्र त जनताले अहिले जे बुझेका छन् त्यहि सत्य हो भन्ने आधार भइहाल्यो नि सर !
- शहरमा खुब चर्चा छ, आइक्यानको सम्बन्धनका बारेमा । आइक्यानले सम्बन्धन प्राप्त संस्थाहरुमा मात्र पढ्नु भनेर सार्वजनिक सुचना निकाल्दा घरमै बसेर पढ्छु भन्ने मेरो भाईलाई म के जवाफ दिउँ सर?
- मेरो साथीको बहिनीले सम्बन्धन प्राप्त नगरेको संस्था राम्रो छ भनेर त्यहाँ भर्ना गर्छु भनेर मलाई सोध्दा मैले के जवाफ दिउँ सर ? आइक्यानका डेस्कहरुमा कुनै सिए इन्स्टिच्युटका प्रचारात्मक सामाग्री देखेर आएकी उनलाई मैले भनेर बुझाउं सर ? म जस्तो सामान्य विद्यार्थीले बुझ्नेगरी जुन खालका फोहोरी खेल भएको छ बजारमा र त्यसको दोष तपाइंलाई लागेको छ, मैले मेरो संस्थाको अध्यक्षले यस्तो गर्यो भनेर कसरी मन भनुँ र सर ?
- सम्बन्धन नलिएका संस्थाहरु गैर कानुनीनै हुन् भने बन्द गर्ने आँट किन गर्नुहुन्न सर ? भ्रष्टाचारको आरोप लागेका तपाईं खुलेआम रुपमा आफ्नो नियत सफा भए त्यसलाई किन देखाउनुहुन्न सर ? आइसीएइडब्लुसँगको एमआरए तुहाउन खोजेको वा सो सम्झौताका नाममा नेपाली विद्यार्थीलाई हित हुने गरी भएको निर्णय उल्टाउने प्रयास गरिरहनु भएको बजार हल्लालाई किन गलत सावित गर्नुहुन्न सर ?
- आइक्यानको इज्जतसँग हामीजस्ता विद्यार्थीको पनि इज्जत गाँसिएको छ । लाखौँ खर्च गराएर बेकार भएको एक्स्पो देखि तपाइँलाई लागेका आरोपहरुमा पटक पटक मन दुख्छ सर ! तपाईं अबको एक महिना चानचुनकै लागि मात्र भएपनि हाम्रो अध्यक्ष हो नि ! तपाइंको व्यापार आफ्नो ठाउँमा होला, सोच्न त हामी सबैको बारेमा सोच्नुपर्यो नि सर ! होइन र ? आरन्ट यु आओर प्रेसिडेन्ट सर ?
प्रतिक्रिया दिनुहोस्