Skip to content

आइक्यान प्रतिनिधिले भने, ‘आइक्यानमा १०० जना भर्ना हुँदा २५ जना उतिर्ण हुन्छन्’ पत्याउनुहुन्छ ?

नजान्नेका अगाडी जे भनेपनि हुन्छ वा हुने नै त्यस्तो हो भन्ने कुरा सिए पढिरहेका वा जानकार पाठकहरुलाई नै विश्लेषण गर्नुहोला । तर धेरैले बुझ्ने कुराचाहिं आइक्यानमा निकै कम उतिर्ण हुन्छन् ।  तर आज आयोजना भएको पत्रकार सम्मेलनमा आइक्यानका प्रतिनिधिले अपत्यारिलो कुरा गरेका छन् ।
गत बर्षको एक्स्पो हेर्न गएकामध्ये ९० % भर्ना भएरे !
यो सरासर झुट हो भन्ने धेरै थिए पत्रकार सम्मेलनमा । विभिन्न सिए इन्स्टिच्युट संचालन गरेर बसीरहेकाहरुले पनि यसलाई झुट नै हो भने । उनीहरुका अनुसार गत बर्ष एक्स्पो हेर्न गएका विद्यार्थीहरुमध्ये ९० % सिएमा भर्ना भएका छैनन् । एक्स्पोबाट भर्ना हुने विद्यार्थीहरुको संख्या निकै नै कम भएको गुनासो त्यहि बेला विभिन्न इन्स्टिच्युट प्रतिनिधिले गरेका थिए ।   
 १०० जना ‘इन्रोल’ हुँदा २५ जना उतिर्ण हुन्छन् रे  :
आइक्यानका विद्यार्थीलाई नै सोध्यो भने यो कतिसम्मको ‘झुट’ हो भन्ने प्रष्ट हुन्छ । गतबर्ष गरिएको एक सर्वेक्षणले २०० जना आइक्यानमा भर्ना हुँदा ६ जना उतीर्ण भएको देखाएको थियो । 

नेपाल बोर्डबाट प्रदान गरिने शिक्षा र विश्वका कुनै पनि देशबाट प्रदान गरिने शिक्षाको विश्वस्तरीय मान्यतामा कुनै फरक छैन रे  ।
‘यो आइक्यानले बोलेको अर्को झुट हो। ‘ भने उपस्थित विभिन्न सिए इन्स्टिच्युटका प्रतिनिधिले । यो झुट आइक्यानले बिज्ञप्तिमै लेखेको छ । बिगत लामो समयदेखि आइक्यानको मान्यतालाई लिएर विभिन्न खाले बहस भइरहेको छ । आइक्यानका सिएहरुले विभिन्न देशमा मान्यता नपाउने गरेको समस्याले विद्यार्थीहरुलाई पिरोल्दा आइक्यानले ढुक्क भएर यस्तो झुट बोलीरहेको छ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।