Skip to content

सीए सप्ताह २०७३ आयोजना हुँदै

विशेषगरी प्लस टु सकेर सिए पढ्न चाहाने विद्यार्थीहरुलाई लक्षित गर्दै एक विशेष टेलिभिजन कार्यक्रम सुरु हुने भएको छ । यहि जेठ १ गतेदेखि जेठ ७ गतेसम्म सिए सप्ताह २०७३ नामक टेलिभिजन कार्यक्रम आयोजना भएको हो।  उक्त कार्यक्रममा सात दिनसम्म निरन्तर सिएका बारेमा बहस हुनेछ ।  कुन बोर्ड पढ्ने, कुन इन्स्टिच्युट पढ्ने लगायत विविध विषयमा उक्त कार्यक्रममा बहस हुने बताइएको छ ।

सिए सरोकार डटकमको आयोजनामा शुभम मिडिया प्रालिको संयोजनमा तिभी टुडे टेलिभिजनबाट उक्त कार्यक्रम लाइभ प्रशारण हुनेछ भने त्यसको रेकर्डेड भर्जन न्यूज २४ टेलिभिजनमा समेत प्रशारण हुनेछ । सिए सम्बन्धि आम विद्यार्थीलाई जानकारी दिने उधेश्यका साथ् यस्तो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्माता सुरज प्याकुरेलको भनाइ छ ।

बेलुका ४ :३० बजेदेखि ५: ३० बजेसम्म उक्त कार्यक्रम एक हप्ताभर चल्ने बताइएको छ ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।