Skip to content

बेलायतमा नेपाली छात्रा बनिन् उत्कृष्ट

लन्डन । बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छन् ।
गत  जुनमा भएको एसीसीए प्रोफेशनल लेभलको  परीक्षामा सहभागी विश्वभरका २१ हजार ३ सय ७ जना बिद्यार्थीहरु मध्ये सृजना दोस्रो भएकी हुन् । उत्कृष्ट नतिजा हासिल गरेपछि उनले पदक र नगद पुरस्कारसमेत पाइसकेकी छन् ।
चितवन, भरतपुर उपमहानगरपालिका ६ लंकुकी स्थाई बासिन्दा सृजनाले ५ प्रोफेसनल लेभलको  पेपरमा ३७८ अंक प्राप्त गरेर दोश्रो सर्बोत्कृष्ट स्थान प्राप्त गरेकी हुन्  । -अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।