Skip to content

मेरो कार्यकाल सफल पार्न सहयोग पुर्याउने सबैप्रति आभारी छु: अनील आचार्य

एनाकासाका पूर्व अध्यक्ष अनील आचार्यले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबै एनकासाका कार्यसमिति, एक्यान, सिए सरोकार लगायत सबैलाई धन्यवाद दिएका छन् । क्यापिटल एफएममा आज सिए सरोकार रेडियो कार्यक्रमसँग कुराकानी गर्दै उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।
भूकम्पको पीडामा देश परेका बेला  एक्यान र एनकासा मिलेर राहत संकलन तथा वितरण गरेको सम्झना गर्दै उनले यस कार्यमा एक्यानले एनाकासासँग गरेको सहकार्य प्रशंशनीय भएको बताएका छन् । साथै आफ्नो कार्यकालमा दुई सिए विद्यार्थी कन्फेरेन्स सम्पन्न गरेको स्मरण गर्दै उनले यसमा सहयोग गर्ने सबै विद्यार्थी, आयोजक, प्रायोजक, संयोजक तथा मिडियालाई समेत विशेष धन्यवाद दिएका छन् ।    
साथै उनले नयाँ कार्य समितिलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।