Skip to content

“आमा”, सीए विद्यार्थी जनार्जन महतको गजल



आमा

दाउरा अनि घासको भारी संगै होलिन मेरि आमा ।।

बाझो खेत अनि बारी संगै होलिन मेरि आमा ।।

शहर मा छोरा लाइ नयाँ नाना पठाइ ,

आफु भने च्यात्तिएका सारी संगै होलिन मेरि आमा ।।

छोरा लाई पढाउन पैसा को जोहो गर्न ,

ओकाली,ओराली अनि चैतारी संगै होलिन मेरि आमा ।।

सायद आमा को माया अपरम्पार भएर होला,

नुन बिनाको दाल अनि तरकारी संगै होलिन मेरि आमा ।।

साहु को ऋण अनि ब्याज तिर्न लाई ,

बाझो खेत अनि झारी संगै होलिन मेरि आमा ।।

छोरा पढेर ठुलो मान्छे भएको हेर्न,

आशहरु को भकारी संगै होलिन मेरि आमा ।।


-जनार्जन महत
क्याप -१

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।