Skip to content

२०७२ लाई फर्केर हेर्दा, विद्यार्थीले भोग्नुपर्यो यी ५ समस्या

हुन त आइक्यानका विद्यार्थीले विभिन्न समस्याहरु भोग्नु नौलो होइन ।  तर पनि विक्रम सम्बत २०७२ सालमा विद्यार्थीहरुले केहि सार्है नमज्जाका दुखहरु भोगे ।

१. भूकम्पपछी परिक्षा सार्न ठुलै दवाव दिनुपर्यो । परिक्षा त सर्यो तर परिक्षाकेन्द्र भूकम्प प्रतिरोधात्मक छ कि छैन भन्ने एकिन गरिएन । पछी परिक्षाकेन्द्र त सर्यो तर भारतले गरेको अघोषित नाकाबन्दीका कारन् विद्यार्थीहरुले सहज रुपमा परिक्षा दिन पाएनन् ।
२. जीएमसीएस तालिम समयमै संचालन नहुँदा निकै समस्या पर्यो । क्याप थ्री उतिर्ण गरेर आफुलाई सिए भन्न कुर्नु पर्यो । 
३. आइटी तालिम संचालन गर्न निकै समय लाग्यो । विद्यार्थीहरुले मानसिक तनाव खेपे ।
४. विद्यार्थीको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने अधिकार कुण्ठित गरियो । उक्त मुद्धा प्रधानमन्त्रीको सचिवालयसम्म पुगेको छ । अझै पनि आइक्यानले ठोस निर्णय नलिए सर्वोच्च अदालत जाने प्रक्रियामा छन् विद्यार्थीहरु ।
५. आइक्यानको पाठ्यपुस्तक, लाइब्रेरी, हल टेष्ट, पोष्टल टेष्टसंग सम्बन्धित समस्याहरु यो वर्ष पनि ज्युँका त्यूँ रह्यो । आइक्यानको वेव साइटमा गलत सुचना प्रकाशित हुने क्रम रोकिएन । विभिन्न शिर्षकमा शुल्क बढ्यो।  विद्यार्थीले पाउने कुरा थप भएन ।           

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।