Skip to content

आज एक्यानको पिकनिक !

नयाँ कार्यसमिति चयन भएपछी आज नेपाल चार्टड एकाउन्टेन्ट्स  संघ संघ (एक्यान) ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बनभोज कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेष्ट् रिसोर्टमा आयोजना भइरहेको उक्त कार्यक्रममा सिए र सिएका परिवारहरुको सहभागिता रहेको छ । 
एक जनालाई २५०० रुपैयाँ र जोडीलाइ ४५०० शुल्क तोकिएको उक्त बनभोज कार्यक्रममा गीत संगीत, नृत्य, बिंगोलगायतका विभिन्न कार्यक्रम राखिएको एक्यानले जनाएको छ। 

उक्त बनभोज कार्यक्रममा भाग्यमानी बिजेतालाई विशेष पुरस्कारको समेत ब्यबस्था गरिएको एक्यानले जनाएको छ ।    
बनभोज कार्यक्रम अहिलेसम्मकै भव्य हुने अपेक्षा गरिएको छ । एक्यानले इमेल र एसएमएसमार्फत सिएहरुलाई निमन्त्रणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।