
नेपाली
लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस
संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐन विपरित काम भएको छ । विद्यार्थीलाई
दिईने सुचना प्रविधिको तालिम सम्बन्धि कामलाई लिएर सार्वजनिक खरिद ऐन
विपरित काम भएको हो । नियम विपरित काम भएपछी नेपाल चार्टर्ड एकाउन्टेन्टस
संस्था (आइक्यान) मा भ्रष्टाचार भएको शंका गरिएको छ भने संस्थाका अध्यक्षको
कामप्रति रुष्ट भएका केहि कर्मचारीहरुले यस विषयलाई लिएर अख्तियारको ढोका
ढकढकाउने तयारी समेत गरिरहेको बताइएको छ ।
चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)ले केहि समय अगाडी सुचना प्रविधि
तालिम संचालन गर्नका लागि भन्दै विभिन्न संस्थाहरुबाट सिलबन्दी दरखास्त
आह्वान गरेको थियो । उक्त संस्थामा चार्टड एकाउन्टेन्सी (सिए) अध्ययन गर्ने
विद्यार्थीहरुले सुचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । नेपाल
चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)ले गरेको सोहि आह्वान
बमोजिम विभिन्न संस्थाहरुले उक्त तालीम सञ्चालन सीलबन्दी दरखास्त आवेदन
दिएकोमा काठमाडौँ नयाँ बानेश्वरस्थित प्राइम मल्टिपल एजुकेशन फाउन्डेसनले
सबैभन्दा कम दरभाउ आइक्यानमा पेश गरेको थियो । सोहि दरभाउ बमोजिम प्राइम
मल्टिपल एजुकेशन फाउन्डेसनलाईनै उक्त कामको जिम्मा भएको भन्दै गत फागुन २३
गतेदेखि तालिम सञ्चालन गर्न तयार रहन संस्थाबाट मौखिक जानकारी समेत आइसकेको
प्राइम मल्टिपल एजुकेशन फ़ाउन्डेशन स्रोतको दावी छ । तर रातारात उक्त
निर्णयलाई परिवर्तन गरेर नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले
आफ्ना विद्यार्थीहरुलाई सुचना प्रविधिको तालिम लिन कम्प्युटर पोइन्ट नेपाल
(सीपीएन) नामक संस्थामा पठाएको छ । उक्त काम सार्वजनिक खरिद ऐन विपरित भएको
सरोकारवालाहरुको गुनासो छ ।
नाम उल्लेख नगर्ने सर्तमा नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का
एक कर्मचारी भन्छन्, ‘प्राइम मल्टिपल एजुकेशन फाउन्डेशनलाई काम दिने
पक्कापक्की भईसकेको थियो । आइटी विभागवाट पनि प्राइम लाईनै काम दिने
सिफारिस भएको थियो । तर कार्यकारी समितिमा उक्त सिफारिसको फाइल पुगेपछि
निर्णय एकाएक उल्टिएको थियो । ‘यहि बिषयलाई लिएर आइक्यानमा निकै चर्चा हुन
थालेको छ । कतिपयले सार्वजनिक खरिद ऐन विपरित काम गरिएको भन्दै संस्थाका
अध्यक्षमाथि कारवाही हुनुपर्ने बताएका छन् भने कतिपयले प्राइमलाइ कुनै पनि
हालतमा काम दिन नदिन यस्तो चाल भएको बताउँछन् । आइक्यानका अर्का एक
कर्मचारी भन्छन्, ‘ सार्वजनिक खरिद ऐनको ठाडो उल्लङ्घन भएको छ । हालका
अध्यक्ष एक अर्को सिए कोर्ष पढाउने कोचिंङ सेन्टरसँग निकट भएकाले नियोजित
रुपमै प्राइमलाई उक्त काम नदिने चाल भएको छ । यहि बिषयलाई लिएर आइक्यानका
अध्यक्षसँग रुष्ट भएका केहि कर्मचारी आइक्यान अख्तियारमा उजुरी दिने तयारी
समेत गरिरहेका छन् । ‘ स्रोतका अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था
(आइक्यान) संस्थाभित्र यहि कुरालाई लिएर मोटो रकमको चलखेल समेत भएको छ ।
प्राइम मल्टिपल एजुकेशन फाउन्डेसनका अध्यक्ष नवराज बुर्लाकोटीले यसबारे
आफुहरुले पनि आइक्यानमा सोधखोज गरिरहेको बताएका छन् । ‘नेपाल चार्टर्ड
एकाउन्टेन्टस संस्था (आइक्यान) जस्तो जिम्मेवार संथामा यस्तो काम किन, कसरी
र कुन नियतका साथ भयो भन्ने प्रश्न उठेको छ । हामीलाई २३ गते तालिम संचालन
गर्न तयारी गर्नु भन्ने जानकारी थियो । तर अन्तिम समायमा विद्यार्थी अन्तै
पठाइयो । अव यो कानुन मिच्न खोजेको हो वा हामीलाई जिस्काएको हो वा हेपाहा
प्रवृति देखाईएको हो, हामीले बुझ्न सकेका छैनौं ।’ उनका अनुसार नेपाल
चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा गलत संस्कारको विकास हुन थालेको
छ । उनी अगाडी भन्छन्, ‘ नियमअनुसार हामीले पाउने काम किन हामीलाई दिईएन
भन्ने गम्भीर प्रश्न उठेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा बुझ्न खोज्दा संस्थाका
कार्यकारी निर्देशक, उपाध्यक्ष र अध्यक्ष विदेश भ्रमणमा रहेको जानकारी
दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्