Skip to content

तयारी भव्य हुँदैछ है ! चैत्र ५ र ६ गते विराटनगर आउन सबैलाई निम्तो छ !

नेपालको लेखा तथा लेखापरीक्षण क्षेत्रको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र आइक्यान मातहतको विद्यार्थी संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी एसोसीएसन (एनकासा)को संयुक्त आयोजनामा विराटनगरमा यहि चैत्र ५ र ६ गते हुन लागेको  सिए विद्यार्थीहरुको सम्मेलनको तयारी भव्य रुपमा भइरहेको छ । सहभागीहरुलाई खाने, बस्ने सबै ब्यबस्था आयोजकले गरिरहेको छ भने काठमाडौँबाट बिराटनगरसम्म जानका लागि समेत आयोजकले प्रबन्ध मिलाइसकेको छ।

सम्मेलनको मुख्य प्रायोजन पूर्वाञ्चलमा आईक्यानबाट सिए अध्यापनकालागी सम्बन्धन प्राप्त संस्था मेरील्याण्ड एप्लाईड सिए एकाडेमी बिराटनगरले गरेको छ । कार्यक्मको सह-प्रायोजन जेनिथ ईन्टरनेशनल कलेज तथा रमपम चाउचाउले गरेका छन । प्रायोजक र सह प्रायोजकका अतिरिक्त कार्यक्रममा पूर्वाञ्चलका प्रतिष्ठीत ब्यवसायहरुको समेत सहयोग रहनेछ ।

कार्यक्रम सफल बनाउनका लागी आईक्यानका नेतृत्वकर्ताहरु, लेखामान बोर्डका सदस्य तथा एनकाशाका नेतृत्वकर्ता सम्मिलित एक मुल सल्लाहकार मण्डल, कन्भेनसन संयोजन समिति तथा १२ वटा बिभिन्न उपसमितिहरु गठन गरिएका छन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।