Skip to content

आइक्यान, अव त अति होइन ‘अत्याचार’ भइसक्यो ! आइटी तालिम कहिले गर्ने ?

आइक्यानले आगामी ‘जुन’ महिनामा संचालन गर्ने परिक्षामा सामेल हुन वा क्याप थ्री उतिर्ण गरेर आइटी तालिम नलिएकाहरुलाई सिए सदश्यता लिन अनिवार्य आइटी तालिम लिनुपर्ने भनेको छ ।  तर विद्यार्थीको समस्यालाई वेवास्ता गर्दै आइक्यानले भने कहिले र कहाँ आइटि तालिम संचालन गर्ने भन्ने निर्क्योल गर्न सकेको छैन । 
‘परिक्षा आइसक्यो, अब पढ्ने कि तालिम लिने । अझ तालिम लिन जान समय खर्चिनु पर्ने हुनाले पनि पढ्न समस्या भएको छ । आइक्यानले न तालिमको संचालन गर्छ, न ‘अनिवार्य आइटी तालिम’ को नियम हटाउँछ । अव त अति होइन ‘अत्याचार’ भइसक्यो । ‘ एक विद्यार्थीले सिए सरोकारसँग भने ।
विद्यार्थीलाइ साच्चै नै ‘अति’ होईन ‘अत्याचार’ भईसकेको छ ।  आइक्यानले तालिम संचालन गर्ने छाँटकाँट नदेखायेपछि यतिबेला विद्यार्थीहरुलाई ‘रुनु न हाँस्नु’ भएको छ ।
विद्यार्थीहरुको यो समस्याको समाधान गर्न आइक्यानको नेतृत्वले भने केहि पहल गरेको छैन । विद्यार्थीको यो समस्यालाई वेवास्ता गर्दै आइक्यान अध्यक्ष भने पाँच तारे होटलमा ‘सेल्फी’ खिचेर रमाइलो गर्न व्यस्त छन् ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।